काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
१ लाख ४० हजार कित्ता सेयर खरिदका लागि ३१ हजार १९६ जनाले आवेदन दिएका थिए। जसमध्ये ३० कित्ता सेयरका लागि २ जना आवेदकहरुको रितपूर्वक नभरेकाले अयोग्य घोषित गरिएको छ।
रद्द भएपछि कुल ३१ हजार १९४ जना आवेदकहरुबाट ७ लाख २३ हजार ०४० कित्ता सेयरका लागि आवेदन परेको कम्पनीले जनाएको छ।
गोलाप्रथाको माध्यमबाट १४ हजार सफल आवेदनकर्ता छनोट गरी न्यूनतम १० कित्ताका दरले कूल १ लाख ४० हजार कित्ता सेयर धितोपत्र बाँडफाँट गरिएको छ।