BIZMANDU
www.bizmandu.com

भोलि अत्यावश्यक कामका लागि मात्र सवारी लिएर निस्किन ट्राफिक प्रहरीले गर्‍यो अनुरोध

२०८० मंसिर ६

भोलि अत्यावश्यक कामका लागि मात्र सवारी लिएर निस्किन ट्राफिक प्रहरीले गर्‍यो अनुरोध
भोलि अत्यावश्यक कामका लागि मात्र सवारी लिएर निस्किन ट्राफिक प्रहरीले गर्‍यो अनुरोध

काठमाडौं। ट्राफिक प्रहरीले भोलि अत्यावश्यक कामबाहेक सवारी लिएर ननिस्किन अनुरोध गरेको छ। युवा संघ नेपाल र दुर्गा प्रसाईँ समूहले गर्ने कार्यक्रमका कारण काठमाडौं उपत्यकाको सवारी व्यवस्था असहज हुन सक्ने भन्दै ट्राफिक प्रहरीले सूचनामार्फत उक्त अनुरोध गरेको हो।

Tata
GBIME

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले घरबाट निस्किनुअघि ट्राफिक प्रहरीसँग सम्पर्क गरेर सडकको अवस्था जानकारी लिएर निस्किन आग्रह गरेको छ।

त्यस्तै, भोलि कार्यक्रमको स्वरूप हेरेर सडकमा सवारी जुनसुकै ठाउँमा पनि डाइभर्सन गर्न सक्ने जानकारी ट्राफिक प्रहरी कार्यालयले दिएको छ।

भोलि युवा संघले काठमाडौंको तीनकुने र प्रसाईँ समूहले बल्खुमा कार्यक्रम गर्ने भएका छन्।