BIZMANDU
www.bizmandu.com

टिकटक बन्दपछि नेपाली कम्पनीले विकल्पमा ल्यायो ‘रमाइलो’, एपमा छ यस्तो सुविधा

२०८० मंसिर ५

टिकटक बन्दपछि नेपाली कम्पनीले विकल्पमा ल्यायो ‘रमाइलो’, एपमा छ यस्तो सुविधा
टिकटक बन्दपछि नेपाली कम्पनीले विकल्पमा ल्यायो ‘रमाइलो’, एपमा छ यस्तो सुविधा

काठमाडौं। सरकारले टिकटक बन्द गरिदिएपछि त्यसको विकल्प भन्दै ‘रमाइलो’ एप सार्वजनिक गरिएको छ।

Tata
GBIME

नेपाली कम्पनी आइडिया जारले प्रयोगकर्ताले भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने तथा लाइभ गर्न मिल्ने सुविधासहित एप सार्वजनिक गरेको हो।

कम्पनीले कन्टेन्ट क्रियटरलाई केही समयपछि कन्टेन्ट र लोकप्रियता अनुसार निश्चित रकम दिंदै जाने योजना रहेको जनाएको छ। टिकटक प्रयोगकर्ताका लागि यो एप उत्तम भएको कम्पनीको दाबी छ।

प्रयोगकर्ताले सामाजिक सद्‍भावमा असर पुर्‍याउने र अश्‍लिल खालका सामग्री अपलोड गरे ‘कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड लगायत कारवाही प्रावधान रहेको कम्पनीले जनाएको छ। एपमा १३ वर्ष उमेरमाथिकाले मात्र पहुँच राख्‍न सक्ने छन्।

सरकारले कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।