BIZMANDU
www.bizmandu.com

टिकटक जस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक

२०८० मंसिर ५

टिकटक जस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक
टिकटक जस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक

सरकारले तिहार बिदामा टिकटकमाथि रोक लगाएपछि अहिले सो विषयमा बहस भइरहेको छ। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा समेत मुद्दा परिसकेको छ।

Tata
GBIME

यसबिच नेपाली टेक कम्पनीले टिकटक जस्तै एप सार्वजनिक गरेको छ। आज ‘रमाइलो : सर्ट भिडियो एप’ लन्च गरिएको हो।

आइडिया जार डिजिटल कम्पनीले एप सार्वजनिक गरेको हो। अहिले एपले फेसबुकबाट आफ्नो प्रचार गरिरहेको छ। सो एपमा टिकटकमा जस्तै भिडियो बनाउन, रिएक्ट गर्न सकिन्छ।

यो एप नेपाली समुदायकै लागि तयार पारिएको प्लेस्टोरमा कम्पनीले उल्लेख गरेको छ।