BIZMANDU
www.bizmandu.com

फोर्डको भारत प्लान्ट बन्द भएपछि जिओ अटोमोबाइल्सलाई धक्का, ८३ करोडमा कारोबार सीमित

२०८० मंसिर ५

फोर्डको भारत प्लान्ट बन्द भएपछि जिओ अटोमोबाइल्सलाई धक्का, ८३ करोडमा कारोबार सीमित
फोर्डको भारत प्लान्ट बन्द भएपछि जिओ अटोमोबाइल्सलाई धक्का, ८३ करोडमा कारोबार सीमित


काठमाडौं। फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सको व्यापार ८२ करोड २० लाख रुपैयाँले घटेको छ। गोल्छा समूहको लगानी रहेको कम्पनीले सन् २०२२/२३ मा कम्पनीले ८३ करोड रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME
NLIC

भारतमा रहेको फोर्डको प्लान्ट बन्द भएसँगै यसको व्यापार घट्न थालेको छ। भारतबाट कुनै पनि गाडी नआएपछि कम्पनीले थाइल्यान्डबाट गाडी झिकाउँदै आएको छ। जसका कारण कम्पनीको व्यापार प्रभावित बनेको देखिन्छ। यस्तै, कम्पनीले बिक्री गर्ने प्रिमियम ब्राण्डका रेन्जर, एभरेष्टलगायतका ब्राण्डको बिक्री हुन नसेकपछि व्यापार घटेको हो।

अघिल्लो वर्ष २०२२/२३ मा कम्पनीको व्यापार १ अर्ब ६५ करोड रुपैयाँ थियो। कम्पनीले २०२०/२१ मा ३ अर्ब ४४ करोड, २०१९/२० मा २ अर्ब ६७ करोड र २०१८/१९ मा करिब ४ अर्ब रुपैयाँको व्यापार गरेको थियो।

कम्पनीको मुख्य सेयरधनी आकाश गोल्छा हुन्। उनीनै कम्पनीको प्रबन्ध निर्देशक छन् भने कम्पनीमा शेखर गोल्छा र लोकमन्य गोल्छाकोसमेत सेयर स्वामित्व छ।

कम्पनीले १ अर्ब रुपैयाँ बराबरको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ।