BIZMANDU
www.bizmandu.com

ब्याजदर घट्ने बाटोमा लाग्दा पनि रोकिएन सेयर बजारमा गिरावट, मंगलबार २३.८२ अंकले घट्यो

२०८० मंसिर ५

ब्याजदर घट्ने बाटोमा लाग्दा पनि रोकिएन सेयर बजारमा गिरावट, मंगलबार २३.८२ अंकले घट्यो
ब्याजदर घट्ने बाटोमा लाग्दा पनि रोकिएन सेयर बजारमा गिरावट, मंगलबार २३.८२ अंकले घट्यो

काठमाडौं। हिजो झिनो अंकले बढेको नेप्से मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। आज सेयर बजार २३.८२ अंकले घट्दै ९५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

Tata
GBIME

मंगलबार मेन्चीयाम हाइड्रोपावर, बीपीडब्लू लघुवित्तलगायत कम्पनीका सेयरधनीहरुले बढी कमाएका छन्। माथिल्लो मैलुङ खोला जलविद्युत, उपकार लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, हिमालयन डिस्टिलरीका सेयरधनीहरुले मंगलबार बढी गुमाएका छन्।

आज सबैभन्दा बढी सेयर किनबेच हुनेमा हिमालयन डिस्टिलरी, सोनापुर मिनिरल्स, शिवम् सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेष्टमेन्ट छन्।

तिहार तथा छठ बिदापछि खुलेको सेयर बजार परिसूचक सोमबार झिनो अंकले बढेको थियो। नेप्से १.३९ अंकले बढेर १८५३.४८ विन्दु कायम भएको थियो। मंगलबार भने दोहोर अंकले घट्दै १८२९.६५ विन्दुमा ओर्लिएको छ।

सोमबार १ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।