BIZMANDU
www.bizmandu.com

पर्यटकले होटल भरिभराउ हुँदा पनि व्यवसायीका गुनासा, ‘आगमन बढेपनि अकुपेन्सी ३० प्रतिशत मात्रै’

२०८० मंसिर ५

पर्यटकले होटल भरिभराउ हुँदा पनि व्यवसायीका गुनासा, ‘आगमन बढेपनि अकुपेन्सी ३० प्रतिशत मात्रै’
पर्यटकले होटल भरिभराउ हुँदा पनि व्यवसायीका गुनासा, ‘आगमन बढेपनि अकुपेन्सी ३० प्रतिशत मात्रै’


काठमाडौं। पर्यटकले होटलहरु भरिभराउ हुँदा पनि होटल व्यवसायीले गुनासो सुनाउने क्रमलाई निरन्तरता दिएका छन्। होटल संघ नेपालका पदाधिकारीले मंगलबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर गुनासो सुनाएका हुन्।

Tata
GBIME
NLIC

नेपालमा अहिले सबैजसो पर्यटकीय क्षेत्र बाह्‍य र आन्तरिक पर्यटकले भरिभराउ छन्। तर संघका पदाधिकारीले भने होटलहरु अझै घाटामा सञ्चालन भइरहेको बताए।

‘धेरै ठूला होटल सञ्चालनमा आउने क्रम बढेकोले मागभन्दा आपूर्ति बढेको छ,’ संघका अध्यक्ष विनायक शाहले भने, ‘क्षमताको एक तिहाइ अकुपेन्सीमा सञ्चालन भएकाले होटलहरु घाटामा छन्।’

विदेशी पर्यटक नेपाल नेपाल आउन लालयित भएपनि राजमार्ग र हवाई सञ्जालमा रहेका कठिनाइले अन्यत्र गइरहेको संघको गुनासो छ। जबकि गत महिना मात्र नेपालमा १ लाख १७ हजार विदेशी पर्यटक हवाइ मार्ग हुँदै नेपाल भित्रिएका थिए। एक महिनामा भित्रिएको यो संख्यालाई अहिलेसम्मकै धेरै मानिएको छ।

संघका पदाधिकारीले पर्यटक बढाउनका लागि पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्टिय उडान गर्नुपर्नेमा जोड दिए। सञ्चालनमा आएको डेढ वर्ष भइसक्दा भैरहवा विमानस्थलमा साताको जम्मा एउटा अन्तर्रराष्ट्रिय उडान भइरहेको छ भने पोखरामा अहिलेसम्म एउटै नियमित अन्तर्रराष्ट्रिय उडान हुन सकेको छैन। यो विमानस्थल सञ्चालनमा आएको करिब १ वर्ष हुन लागेको छ।

संघले भारत र चीन जोड्ने सडक बनाउन, पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउन, क्यासिनो सञ्चालनमा सहजीकरण गर्न तथा होमस्टे र एयर बी एण्डबीलाई करको दायरामा ल्याए नियमन बढाउन माग गरेको छ।

बैंकलाई साँवा ब्याज बुझाउने समयावधि थप गर्न पनि संघले मन्त्रीसँग आग्रह गरेको छ।

मन्त्री किरातीले पर्यटक आगमन सन्तोषजनक भएको भन्दै हवाई सञ्जाल विस्तार गरिने बताए। मन्त्री किरातीलाई भेट्न संघकी निवर्तमान अध्यक्ष सृजना राणा, वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डे, उपाध्यक्ष दिनेश तुलाधर र महासचिव साजन शाक्य मन्त्रालय गएका थिए।