BIZMANDU
www.bizmandu.com

तनहुँमा म्याद गुज्रेको मदिरा र पेयपदार्थ बिक्री गर्ने व्यवसायीलाई दुई लाख जरिवाना

२०८० मंसिर ५

तनहुँमा म्याद गुज्रेको मदिरा र पेयपदार्थ बिक्री गर्ने व्यवसायीलाई दुई लाख जरिवाना
तनहुँमा म्याद गुज्रेको मदिरा र पेयपदार्थ बिक्री गर्ने व्यवसायीलाई दुई लाख जरिवाना

काठमाडौं । म्याद गुज्रिएको मदिरा एवं पेयपदार्थ बिक्री गरेको पाइएपछि कारबाहीमा परेको तनहुँका एक व्यवसायीले दुई लाख रुपैयाँ जरिवाना बुझाएका छन्।

Tata
GBIME

व्यास नगरपालिका–३ फलफूल लाइनस्थित भानु सप्लार्यसका सञ्चालक श्रीराम खनालले जिल्ला प्रशासन कार्यालयमा सो रकम बुझाएका हुन्।

जनगुनासा र उजुरी आएपछि सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको नेतृत्वमा गएको टोलीले शनिबार उक्त पसलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा करिब ६ महिना म्याद गुज्रिएका सात कार्टुन वियर एवं पेयपदार्थ फेला परेको सहायक गैरेले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयमा चित्त नबुझे व्यवसायीले वाणिज्य विभाग काठमाडौंमा पुनरावेदन दिन सक्ने व्यवस्था रहे पनि व्यवसायीले तिर्नुपर्ने जरिवाना बुझाएर गएको गैरेले बताए।

वाणिज्य विभागले बजार अनुगमन कार्यमा खटिने सहायक प्रमुख जिल्ला अधिकारीलाई ठाउँको ठाउँ कारबाही गर्न सक्नेसम्मको अधिकार प्रदान गरेको हुन्छ।

कानुनी कारबाही नहुँदासम्म उक्त सप्लार्यसमा शिलबन्दी गर्न सहायक प्रजिअ गैरेले निर्देशन दिएकाले जरिवाना बुझाएपछि पुनः पसल खुलेको छ। रासस