BIZMANDU
www.bizmandu.com

माइतीघरमा निषेधाज्ञापछि युवा संघ र अखिलले फेरे प्रदर्शनस्थल, तीनकुनेमा भेला हुन आह्वान

२०८० मंसिर ४

माइतीघरमा निषेधाज्ञापछि युवा संघ र अखिलले फेरे प्रदर्शनस्थल, तीनकुनेमा भेला हुन आह्वान
माइतीघरमा निषेधाज्ञापछि युवा संघ र अखिलले फेरे प्रदर्शनस्थल, तीनकुनेमा भेला हुन आह्वान

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा विरोध प्रदर्शन निषेध गरेपछि नेकपा (एमाले) का दुई भातृ संगठनले विरोध कार्यक्रमस्थल फेरेका छन्। 

Tata
GBIME

युवा संघका अध्यक्ष क्षितीज थेबेले विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण विरोध प्रदर्शन तीनकुनेमा हुने जनाएका छन्। ‘युवा विद्यार्थी विशेष कार्यक्रम’मा सहभागी हुन थेबेले आह्वान समेत गरेका छन्। 

विवादित व्यवसायी दुर्गा प्रसाईंले विरोध कार्यक्रम राखेपछि एमालेका दुई भातृ संगठनले समेत विरोध कार्यक्रम सार्वजनिक गरेका थिए। युवा संघ र विद्यार्थी संगठन अनेरास्ववियुले संयुक्त कार्यक्रम सार्वजनिक गरेका थिए। कार्यक्रमलाई माउ पार्टी एमालेले समर्थन गरेको छ।