BIZMANDU
www.bizmandu.com

माइतीघरदेखि बानेश्वरसम्म ३० दिन निषेधाज्ञा, ५ जना भन्दा बढी जम्मा हुन नपाइने

२०८० मंसिर ४

माइतीघरदेखि बानेश्वरसम्म ३० दिन निषेधाज्ञा, ५ जना भन्दा बढी जम्मा हुन नपाइने
माइतीघरदेखि बानेश्वरसम्म ३० दिन निषेधाज्ञा, ५ जना भन्दा बढी जम्मा हुन नपाइने


Tata
GBIME
NLIC

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। सोमबारदेखि ३० दिनसम्मका लागि उक्त क्षेत्रमा ५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने प्रशासनले विज्ञप्तिमार्फत जनाएको छ।

‘जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०।०८।०४ देखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मंसीर ७ गते दुर्गा प्रसाईं र युवा संघ नेपाललाई माइतीघर मण्डलामा कार्यक्रम गर्ने तयारी गरेपछि शान्ति सुरक्षाका लागि उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ।