BIZMANDU
www.bizmandu.com

टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर्स ब्रुअरीले ११ महिनामा गर्‍यो ६१ करोड बढीको कारोबार

२०८० मंसिर ४

टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर्स ब्रुअरीले ११ महिनामा गर्‍यो ६१ करोड बढीको कारोबार
टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर्स ब्रुअरीले ११ महिनामा गर्‍यो ६१ करोड बढीको कारोबार


काठमाडौं। टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर्स ब्रुअरी इन्डष्ट्रिज प्रालिले सन् २०२२/२३ को ११ महिनामा ६१ करोड ६० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME
NLIC

२०२१/२२ मा कम्पनीले ७३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो। कम्पनीले २०२०/२१ मा ९६ करोड, २०१९/२० मा ६५ करोड र २०१८/१९ मा १ अर्ब १५ करोड रुपैयाँको कारोबार गरेको थियो।

कम्पनीसँग वार्षिक ४० लाख बियर उत्पादन गर्न सक्ने क्षमता छ। कम्पनीले टेन्सबर्गसँगै नेपाल टाइगर स्ट्रङ र रकस्टार बियर बिक्री गर्दै आएको छ। कम्पनीको उत्पादन युनिट रुपन्देहीमा छ। कम्पनीसँग देशभर १५० डिलर नेटवर्क छ।

कम्पनीमा तीनजनाको सेयर स्वामित्व छ। ईश्वरी खड्काको ४७ प्रतिशत, प्रेम खड्काको २९ प्रतिशत र लक्ष्मण खड्काको २४ प्रतिशत स्वामित्व छ।

कम्पनीले १ अर्ब ७४ करोड रुपैयाको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। कम्पनीले करिब ९० करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एलबी प्लस र ८५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ पाएको छ।