BIZMANDU
www.bizmandu.com

ओपनएआईले सीइओबाट हटाएका शाम अल्टम्यान माइक्रोसफ्टमा, अर्का सहसंस्थापक ग्रेग पनि भित्रिए

२०८० मंसिर ४

ओपनएआईले सीइओबाट हटाएका शाम अल्टम्यान माइक्रोसफ्टमा, अर्का  सहसंस्थापक ग्रेग पनि भित्रिए
ओपनएआईले सीइओबाट हटाएका शाम अल्टम्यान माइक्रोसफ्टमा, अर्का सहसंस्थापक ग्रेग पनि भित्रिए

काठमाडौं। बर्खास्तीमा परेका च्याटजीपीटी निर्माता ओपनएआईका प्रमुख कार्यकारी अधिकृत शाम अल्टम्यानलाई माइक्रोसफ्टले नियुक्त गरेको छ।

Tata
GBIME

ओपनएआईका सहसंस्थापक ग्रेग ब्रोकम्यानलाईसमेत माइक्रोसफ्टले नियुक्त गरेको छ। शुक्रबार अल्टम्यान बर्खास्तीमा परेपछि ब्रोकम्यानले पनि ओपनएआई छोड्ने घोषणा गरेका थिए।

माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्या नडेलाकाअनुसार अल्टम्यान र ब्रोकम्यानले कम्पनीको नयाँ एड्भान्स एआई रिसर्च टिममा बसेर काम गर्नेछन्।