BIZMANDU
www.bizmandu.com

नाफामा फराकिलो छलाङ मारेको सोल्टी होटलले लाभांश दर पनि बढायो, ५ वर्षयताकै धेरै

२०८० मंसिर ४

नाफामा फराकिलो छलाङ मारेको सोल्टी होटलले लाभांश दर पनि बढायो, ५ वर्षयताकै धेरै
नाफामा फराकिलो छलाङ मारेको सोल्टी होटलले लाभांश दर पनि बढायो, ५ वर्षयताकै धेरै

काठमाडौं। गत आर्थिक वर्ष नाफामा फराकिलो छलाङ मारेको सोल्टी होटलले लाभांश दर पनि बढाएको छ।

Tata
GBIME

होटलले गत आर्थिक वर्ष नाफाबाट ३१.५८ प्रतिशत प्रतिफल बाँड्ने घोषणा गरेको हो। पोहोर २६.३२ प्रतिशत वितरण गरेको थियो।

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत मात्रै बोनस सेयर हो। बाँकी नगद दिने संचालकहरुले निर्णय गरेका हुन्।

हाल सोल्टीको चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ छ। प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी ४ करोड ४२ लाख रुपैयाँले बढेर ९२ करोड ८९ लाख नाघ्नेछ।

लाभांश पारित गराउन कम्पनीले पुस २६ गते वार्षिक साधारण सभा डाकेको छ। यसका लागि पुस ५ गते बुक क्लोज तय गरेको छ।