BIZMANDU
www.bizmandu.com

सुन तोलामा २ सय रुपैयाँको बढोत्तरी‚ चाँदीको मूल्य तीन दिनदेखि स्थिर

२०८० मंसिर ४

सुन तोलामा २ सय रुपैयाँको बढोत्तरी‚ चाँदीको मूल्य तीन दिनदेखि स्थिर
सुन तोलामा २ सय रुपैयाँको बढोत्तरी‚ चाँदीको मूल्य तीन दिनदेखि स्थिर

काठमाडौं। तीन दिनपछि सुनको कारोबार मूल्यमा सामान्य बढोत्तरी छ भने चाँदी स्थिर छ। सोमबार सुन प्रति तोला १ लाख १५ हजार ७ सय रुपैयाँ भएको छ। यो तोलामा २ सयको बढोत्तरी हो।

Tata
GBIME

गत शुक्रबार कायम प्रति तोला १ लाख १५ हजार ५ सयमा स्थिर रहेर आइतबार कारोबार भएको थियो। त्यसअघि तोलाको १ लाख १३ हजार २ सय थियो।  

चाँदीको मूल्य गत शुक्रबारदेखि तोलाको १४ सय ५० रुपैयाँमा स्थिर छ। गत बुधबार १३ सय ८० पुगेको चाँदी बिहीबार २० रुपैयाँ घट्दा तोलाको १३ सय ६० भएको थियो। त्यसमा १० रुपैयाँ घटेर शुक्रबारको मूल्यमा आइपुगेको हो।

अन्तर्राष्ट्रिय बजार कारोबारमा पनि सुनचाँदीको मूल्य फराकिलो अंकमा घटबढको क्रम थामिएको छ। आइतबार प्रति औंस १९८०.७९ डलर रहेको सुन सोमबार १९८०.७१ डलरले कारोबार भइरहेको छ।

चाँदी आइतबार प्रतिऔंस २३.७३ डलर थियो‚ सोमबार २३.६७ डलरले कारोबार भइरहेको छ।