BIZMANDU
www.bizmandu.com

मोबाइल निर्माता साओमीले पनि ल्याउने भयो इभी, एसयु सेभेन कार बजारमा एक वर्षपछि

२०८० मंसिर ४

मोबाइल निर्माता साओमीले पनि ल्याउने भयो इभी, एसयु सेभेन कार बजारमा एक वर्षपछि
मोबाइल निर्माता साओमीले पनि ल्याउने भयो इभी, एसयु सेभेन कार बजारमा एक वर्षपछि


काठमाडौं। मोबाइल निर्माण गर्दै आएको चिनीयाँ कम्पनी साओमीले विद्युतीय कार ल्याउने भएको छ। कम्पनीले अर्को वर्ष बिक्री गर्ने गरी कारको एसयु सेभेन मोडल कन्सेप्ट सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

यो साओमीको पहिलो फोर ह्‍विलर विद्युतीय कार हुनेछ। कारले बीएमडब्लु आई फोर र टेस्ला मोडल थ्रीसँग प्रतिस्पर्धा गर्ने कम्पनीको भनाइ छ।

कम्पनीले यसलाई दुई वटा पावरट्रेनमा ल्याउने तयारी गरेको छ। रियल ह्‍विल ड्राइभ भेरियन्टमा २२० किलोवाट क्षमताको मोटरले २९९ हर्सपावर प्रदान गर्नेछ भने यसको उच्च गति २१० किलोमिटर प्रति घन्टा हुनेछ।

यस्तै अर्को डुअल मोटर ४९५ किलोवाट क्षमताको फोर ह्‍विल ड्राइभ भरियन्टले ६७३ हर्सपावर प्रदान गर्नेछ भने यसको उच्च गति २६५ किलोमिटर प्रति घन्टा हुनेछ। यसमा पनि दुई वटा ब्याट्री प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसमा लिथियम आरन फोस्फेट(एलएफपी) ब्याट्री हुनेछ। इन्ट्री लेभलको कारमा बीवाइडीको एलएफपी ब्याट्री र हाई इन्ड भेरिन्टमा क्याटलको ब्याट्री प्रयोग गरिने कम्पनीले जनाएको छ।

साओमीले विद्युतीय गाडी उत्पादनका लागि बस निर्माण गर्ने बेजिङ अटोमोटिभ इन्डस्ट्री होल्डिङ्स कम्पनीसँग सम्झौता गरिसकेको छ। साओमीले इभी उत्पादन गर्न १.४ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ।