BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया ग्रोथ फण्ड-२ आजबाट, १० रुपैयाँ दरका इकाई मंसिर ७ सम्म भर्न पाइने

२०८० मंसिर ४

एनआइसी एसिया ग्रोथ फण्ड-२ आजबाट, १० रुपैयाँ दरका इकाई मंसिर ७ सम्म भर्न पाइने
एनआइसी एसिया ग्रोथ फण्ड-२ आजबाट, १० रुपैयाँ दरका इकाई मंसिर ७ सम्म भर्न पाइने


काठमाडौं । एनआइसी एसिया बैंक म्युचुअल फण्डले नयाँ इकाईहरु निष्काशन गरेको छ।

Tata
GBIME
NLIC

एनआइसी एसिया बैंक कोष प्रवर्द्धक र एनआइसी क्यापिटल योजना व्यवस्थापक रहेको कोषले एनआइसी एसिया ग्रोथ फण्ड-२ इकाई निष्काशन गरेको हो।

इकाईहरु आजदेखि मंसिर ७ गतेसम्म निष्काशन हुनेछन्। कम्पनीको इकाईमा कम्तिमा १०० र बढीमा एक करोड इकाईका लागि आवेदन दिन सकिन्छ। अंकित मूल्य १० रुपैयाँ छ।

कूल १० करोड इकाई निष्काशन हुने छन्। यसमध्ये १५ प्रतिशत एनआइसी एसिया बैंकले लिनेछ। बाँकी रहेको इकाई सर्वसाधारणले खरीद गर्न पाउने छन्। यो बन्दमूखी इकाई हो।