BIZMANDU
www.bizmandu.com

अस्ट्रेलियाले जित्यो ओडीआई विश्वकप, प्रतियोगिता भर अपराजित भारत फाइनलमा चुक्यो

२०८० मंसिर ३

अस्ट्रेलियाले जित्यो ओडीआई विश्वकप, प्रतियोगिता भर अपराजित भारत फाइनलमा चुक्यो
अस्ट्रेलियाले जित्यो ओडीआई विश्वकप, प्रतियोगिता भर अपराजित भारत फाइनलमा चुक्यो


भारतलाई हराउँदै अस्छ्रेलियाले एकदिवसीय विश्वकपको उपाधि जितेको छ। आज भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा घरेलु टोलीलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको हो। अस्ट्रेलियाले योसँगै छैटौँ पटक एकदिवसीय विश्वकप जितेको हो।

Tata
GBIME
NLIC

टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ४४ औँ ओभरको समाप्तीमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।

सुरुवाती ब्याटिङमा उत्रिएको भारतका लागि राम्रो सुरुवात गर्दै कप्तान रोहित शर्माले ४ चौका र ३ छक्काको सहायतामा ३१ बलमा ४७ रन जोडे। तर, अर्का ओपनर शुभमन गिल र श्रेयस ऐय्यर भने ४/४ रन बनाउँदै पभेलियन फर्किए। त्यसपछि भारतको ब्याटिङ अर्डर धर्मरायो। जसका कारण शर्मा बाहेकका खेलाडीले छक्का नै प्रहार गर्नै सकेनन्। ५० ओभर पूरा खेलेको भारतीय टोलीले १३ वटा मात्र चौका प्रहार गर्‍यो।

भारतका लागि सबैभन्दा ठूलो साझेदारी विराट कोहली र केएल राहुलले गरे। उनीहरुले १०९ बलमा ६७ रनको साझेदारी गरे। त्यसअघि रोहित शर्मा र कोहलीले ४६ रनको साझेदारी गरेका थिए।

संयमित ब्याटिङ गरेका राहुलले सर्वाधिक ६६ रन बनाए। कोहलीले ५४ रन जोडे। त्यस्तै सूर्यकुमार यादवले १८ र कुलदीप यादवले १० रन बनाए।

अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए। प्याट कमिङ्स र जोस हेजलवुडले २/२ तथा ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले संयमित ब्याटिङ गर्दै लक्ष्य भेट्टायो। अस्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले शतकीय इनिङ्स खेल्दै भारतको बलिङ अट्याकलाई हाबि हुन दिएनन्। उनले सर्वाधिक १ सय ३७ रन बनाए। त्यस्तै मार्नुस लाबुसेनले ५८ रन बनाए।

त्यसबाहेक डेभिड वार्नरले ७, मिचेल मार्सले १७ र स्टेभेन स्मिथले ४ रन बनाउँदा ग्लेन म्याक्सवेल २ रनमा अविजित रहे।

बलिङतर्फ भारतका जसप्रीत बुमराहले २ तथा मोहम्मद शमी र मोहम्मद सिराजले १ विकेट लिए।