BIZMANDU
www.bizmandu.com

भारतमा एयर इण्डिगोको ऐतिहासिक छलाङ, एकैदिन दुई हजार उडानको कीर्तिमान

२०८० मंसिर ३

भारतमा एयर इण्डिगोको ऐतिहासिक छलाङ, एकैदिन दुई हजार उडानको कीर्तिमान
Tribhuvan International Airport, plane, airlines photos by Prabin Ranabhat

काठमाडौं। एकै दिनमा दुई हजार उडान गर्दै भारतीय निजी वायुसेवा कम्पनी एयर इण्डिगोले कीर्तिमान कायम गरेको छ। १७ वर्षदेखि उडान गर्दै आएको एयर इण्डिगोले एकैदिनमा पहिलोपटक दुई हजार उडान गरेको हो।

Tata
GBIME
NLIC

कम्पनीले यात्रु, कार्गो, मिल्टरी चार्टर्ड लगायत उडानमार्फत यो कीर्तिमान कायम गरेको जनाइएको छ। भारतमा आन्तरिक उडानतर्फ एयर इण्डिगोको बजार हिस्सा ६० प्रतिशत छ।

कम्पनीले यो वर्ष दोस्रो चौमासिकमै २३ मिलियन अमेरिकी डलर नाफा आर्जन गरेको जनाइएको छ। गत वर्ष ८ महिनामा कम्पनीले १९० मिलियन अमेरिकी डलर घाटा बेहोरेको थियो।  

‘यो कीर्तिमान हाम्रो लागि कोशेढुंगा बनेको छ। राज्यका लागि हाम्रो प्रतिवद्धता भनकै यात्रुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानमार्फत विभिन्न गन्तव्यमा जोड्नु हो,’ कम्पनीका सीईओ पिटर एलवर्सले भने।

कम्पनीले कोभिड संक्रमण पछि आफ्नो व्यवसाय पुनः पुरानै लयमा फर्किएको बताएको छ। कम्पनीले पछिल्लो ६ महिनामा २० वटा अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गरेको छ। हाल यो कम्पनीले ३४५ वटा जहाजमार्फत ८५ वटा आन्तरिक र ३२ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ।

यो कम्पनीसँग हाल २०४ वटा एयरबस-३२०, ९७ वटा एयरबस-३२१ एस, ४२ वटा एटीआर-७२, दुई वटा बोइङ ७७७-३०० ईआर सिरिजको जहाज छन्।

उसको प्रतिस्पर्धी एयर इण्डिया अन्तर्गत एयर इण्डिया एक्सप्रेसले दैनिक ३००, स्पाइस जेटले २५० र अकाशा एयरले ११० नियमित उडान गर्दै आएका छन्।