BIZMANDU
www.bizmandu.com

गण्डकी प्रदेशमा रहेको ग्रीन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारीमा प्रकाश गुरुङ नियुक्त

२०८० मंसिर ३

गण्डकी प्रदेशमा रहेको ग्रीन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारीमा प्रकाश गुरुङ नियुक्त
गण्डकी प्रदेशमा रहेको ग्रीन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारीमा प्रकाश गुरुङ नियुक्त

काठमाडौं। गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन्। 

Tata
GBIME

दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङलाई सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। 

वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका गुरुङ यसअघि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए।

त्यसअघि उनी पोखरा फाइनान्सको संचालकको भूमिकामा पनि थिए।