BIZMANDU
www.bizmandu.com

विश्वकप क्रिकेट फाइनल फिभर: हवाइ भाडा ९ हजारबाट ५३ हजार पुग्यो, होटलको डेढ लाखसम्म

२०८० मंसिर १

विश्वकप क्रिकेट फाइनल फिभर: हवाइ भाडा ९ हजारबाट ५३ हजार पुग्यो, होटलको डेढ लाखसम्म
AHMEDABAD, INDIA - OCTOBER 14: General view inside the stadium prior to the ICC Men's Cricket World Cup India 2023 between India and Pakistan at Narendra Modi Stadium on October 14, 2023 in Ahmedabad, India. (Photo by Surjeet Yadav-ICC/ICC via Getty Images)

काठमाडौं। भारतमा जारी एकदिवसीय विश्‍वकपको फाइनल खेलमा आइतबार भारत र अस्ट्रेलिया भिड्दैछन्। फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा १ बजे सुरु हुने तालिका छ।

Tata
GBIME
NLIC

बहुप्रतिक्षित फाइनल खेलअघि हवाइ भाडामा तीव्र वृद्धि भएको छ। शनिबारका लागि बेङ्ग्लुरुबाट अहमदाबाद पुगेको एकतर्फी भाडा नै ५२ हजार ८ सय रुपैयाँ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ।

सामान्य अवस्थामा यो ९ हजार १ सय २० रुपैयाँ हुने गरेको छ। त्यस्तै अन्य स्थानबाट अहमदाबाद जाने हवाइभाडा पनि कम्तिमा ३/४ गुणा बढेको बताइएको छ।

त्यस्तै, अहमदाबादको होटलहरुको शुल्क पनि ह्वात्तै बढेको छ। त्यहाँको सामान्य होटलमा १६ हजार देखि डिलक्स होटलमा १ लाख ६० हजार रुपैयाँसम्म पुगेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।

यसअघि भारत र पाकिस्तानबीचको खेलको समयमा पनि होटको भाडा यसरी नै वृद्धि भएको समाचार बाहिर आएका थिए।