BIZMANDU
www.bizmandu.com

प्रचण्डले देखे प्रतिगमनको खतरा, ‘जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ’

२०८० मंसिर १

प्रचण्डले देखे प्रतिगमनको खतरा, ‘जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ’
maoist central committe meeting- Prime minister- Prachanda- Prabin Ranabhat

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेकपा (माओवादी) केन्द्र तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिएका हुन्

उनले भने, ‘संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ। एकथरी तत्व कुनै न कुनैरूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन्। प्रतिगमनका निम्ति मलजल गरिरहेका छन्।’

परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे।

उनले भने,’नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हकअधिकार खोस्ने र जनताका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौं।’

सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उनको भनाइ थियो।

पार्टीले जनताका घरघरमा पुग्ने कार्यक्रमसहित रुपान्तरण अभियान अगाडि बढाएको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘गण्डकी प्रदेशमा यो अभियान ठिक ढंगले अगाडि बढेको छ। अभियानलाई एक महिना विस्तार गरिएको छ।’

दाहालले पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै देशैभरि जनतासँग माओवादी अभियानले जनतामाझ माओवादी र देशका लागि औपचारिक अभियानमात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताए।