BIZMANDU
www.bizmandu.com

दुबईको सबैभन्दा महंगो पेन्टहाउस १८ अर्ब १२ करोड रुपैयाँमा बिक्री, प्राइभेट इलिभेटरसहित पाँच बेडरुम

२०८० मंसिर १

दुबईको सबैभन्दा महंगो पेन्टहाउस १८ अर्ब १२ करोड रुपैयाँमा बिक्री, प्राइभेट इलिभेटरसहित पाँच बेडरुम
दुबईको सबैभन्दा महंगो पेन्टहाउस १८ अर्ब १२ करोड रुपैयाँमा बिक्री, प्राइभेट इलिभेटरसहित पाँच बेडरुम


दुबईको एउटा पेन्टहाउस ५०० मिलियन दिराम (१८ अर्ब १२ करोड) रुपैयाँमा बिक्री भएको छ। नखिलको कोमो रेसिडेन्सेसको सो पेन्टहाउस दुबईकै सबैभन्दा महंगो पेन्टहाउस भएको गल्फ न्यूजले उल्लेख गरेको छ।

Tata
GBIME
NLIC

२१ हजार ९४९ स्क्वायर फुटमा बनेको सो पेन्टहाउसमा पाँचवटा बेडरुम छन्। सो पेन्टहाउसमा बस्नेहरुका लागि गोपनीयता र सुरक्षा कायम गर्न विशेष संयन्त्र बनाइएको छ। त्यसका लागि प्राइभेट इलिभेटरसमेत रहेको छ।

दुबईको सबैभन्दा महंगो पेन्टहाउस प्लाम जुमएरी रहेको दुबई ल्यान्ड डिपार्टमेन्टले जनाएको छ। सो भवनको निर्माण सन् २०२७ को अन्त्यसम्म हुने जनाइएको छ।

कोमो रेसिडेन्सेस पेन्टहाउस विश्वकै तेस्रो महंगो पेन्टहाउसमा समेत पर्छ।