BIZMANDU
www.bizmandu.com

पाँचपोखरीमा एकैदिन ६०० बढी पर्यटक आए, होटलमा भिड बढ्दा पाहुनाले खाना बनाउन सघाए

२०८० मंसिर १

पाँचपोखरीमा एकैदिन ६०० बढी पर्यटक आए, होटलमा भिड बढ्दा पाहुनाले खाना बनाउन सघाए
पाँचपोखरीमा एकैदिन ६०० बढी पर्यटक आए, होटलमा भिड बढ्दा पाहुनाले खाना बनाउन सघाए

पाँचपोखरी । पाँचपोखरीमा बिहीबार एकैदिन ६०० भन्दा धेरै पर्यटक आएका छन। टुपीडाँडामा वर्षौंदेखि होटेल संचालन गर्दै आएका छिरिङ लामाले बिहीबार सबै होटेलमा गरि ६०० भन्दा धेरै पर्यटक रहेको बताए।

Tata
GBIME
Nepal Life

‘हाम्रो होटलमा मात्र १५० जना छन्। मेरोमा जस्तो सबैमा १०० जना भन्दा धेरै बसेका छन्। अहिले हाम्रोमा ४ वटा होटेल छन्,’ उनले भने।

लामाका अनुसार दैनिक १५० देखि २०० को हाराहारीमा पर्यटक पाँचपोखरी आउने गरेका थिए। बिहीबार भने एकैदिन ६०० भन्दा धेरै पर्यटक पाँचपोखरी पुगेका हुन्। धेरै पर्यटक आउँदा पाहुनाको व्यवस्थापन गर्न समेत केही ग्राहो भएको लामाले बताए।

बिहीबार होटेलहरुमा खाना खान समेत पर्यटकहरु लाइन बस्दै थिए। कम कामदारबाट संचालित होटलमा भिड बढ्दा पाहुनाहरुले नै खाना बनाउन सहयोग गरेका थिए।

‘होटेलमा अन्य बेलामा कम मान्छे आउने सोचेर कामदारहरु सीमित राखिएको थियो। त्यही भएर आज (बिहीबार) हामीलाई धेरै गाह्रो भयो,’ लामाले भने, ‘ उनीहरु आफैले खाना बनाउन सहोग गर्नु भयो। सुत्ने ठाउँ मिलाउनै पाएनौं।’

तिहार पछिको बिदाका कारण पाँचपोखरी आउने पर्यटकको भिड लागेको हो। लामाका अनुसार अहिले एकजना पर्यटकलाई खाना र बास बसेको ६०० रुपैयाँ लिने गरिएको छ।