BIZMANDU
www.bizmandu.com

१९६२ फरारी स्पोर्टस कार ६ अर्ब बढीमा लिलामी, अक्सनमा बिक्री हुने दोस्रो महंगो गाडी

२०८० कात्तिक ३०

१९६२ फरारी स्पोर्टस कार ६ अर्ब बढीमा लिलामी, अक्सनमा बिक्री हुने दोस्रो महंगो गाडी
१९६२ फरारी स्पोर्टस कार ६ अर्ब बढीमा लिलामी, अक्सनमा बिक्री हुने दोस्रो महंगो गाडी


१९६२ फरारी २५० जीटीओ स्पोर्टर्स कार ५१.७ मिलियन डलरमा बिक्री भएको छ। सोथेबीक अनुसार यही साता न्यूयोर्कमा भएको लिलामीमा सो कार ६ अर्ब ८८ करोड बढी नेपाली रुपैयाँमा बिक्री भएको हो।

Tata
GBIME

यससँगै सो कार कुनै पनि ‘अक्सन’मा बिक्री भएको सबैभन्दा महंगो कारको दोस्रो नम्बरमा पर्न सफल भएको छ। यसअघि सो कार ३८ वर्षसम्म अमेरिकी कलेक्टरको सम्पत्ति थियो। रातो रंगको सो फेरारी कार अक्सनमा पाउने व्यक्तिको पहिचान भने खुलेको छैन।

३७६५ च्यासिस, ६ लिटर इन्जिनसहित ३९० हर्सपावरको सो स्पोर्टस कारले जर्मन नुबर्ग्रिङ सर्किटमा १ हजार किलोमिटर रेस सकाएको थियो। इटाली र सिसिलीमा धेरै वर्ष रेसमा कुदेको सो कार सन् १९६० पछि अमेरिकामा बिक्री गरिएको थियो।

अमेरिकामा धेरैपटक सो कार बिक्री र मोडिफाइ भएको थियो। पछिल्लो समय सन् १९८५ मा ओहियोको एक कलेक्टरले सो कार खरिद गरेका थिए। उनैले सो कार गत सोमबार अक्सनमा बिक्री गरेका हुन्।

सन् २०२२ मा मर्सिडिज ३०० एसएलआर उलेनह्नट कउप १३५ मिलियनमा बिक्री भएको थियो। सो कार जर्मनमा गोप्य अक्सनमा लिलामी गरिएको थियो। सो मर्सिडिज हालसम्मकै सबैभन्दा बढी मूल्यमा बिक्री भएको कार हो।