BIZMANDU
www.bizmandu.com

व्याग्स एन् टेल्स : सैबुँ भञ्ज्याङको ‘डग क्याफे’, डाँडामाथि खानपिनसँगै कुकुरसँग रमाउने ठाउँ

२०८० कात्तिक २६

व्याग्स एन् टेल्स : सैबुँ भञ्ज्याङको ‘डग क्याफे’, डाँडामाथि खानपिनसँगै कुकुरसँग रमाउने ठाउँ
व्याग्स एन् टेल्स : सैबुँ भञ्ज्याङको ‘डग क्याफे’, डाँडामाथि खानपिनसँगै कुकुरसँग रमाउने ठाउँ


काठमाडौं । सैबुँ भञ्ज्याङमाथि आजकल विकएन्डमा धेरै युवायुवती भेला हुने गर्छन्। डाँडामाथि रहेको व्याग्स एन् टेल्स क्याफेमा साथीहरुसँग समय बिताउन पुग्ने उनीहरुको अर्को उद्धेश्य हुन्छ – कुकुरसँग रमाउनु।

Tata
GBIME
Nepal Life

विशाल शेरचनले घर मै कुकुर पाल्थे। तर बाहिर जाँदा कहाँ राख्ने कसरी राख्ने भन्ने चिन्ता हुन्थ्यो। लामो समयसम्म घरमै कुकुरको स्याहार गरे पनि बाहिर जाँदा उचित ठाउँ नपाउँदा उनले ‘डग क्याफे’ खोल्ने सोचे। जयप्रकाश गौचनसँग मिलेर हाल सैबुँ भञ्ज्याङमा उनीहरुले ‘डग थिम’मा व्याग्स एन् टेल्स संचालनमा ल्याएका छन्।

करिब २.३ रोपनीमा फैलिएको रेष्टुरेन्ट खोल्नु अघि उनीहरुले विदेशमा संचालनमा रहेका कुकुरलक्षित रेष्टुरन्ट र क्याफेहरुको अध्ययन पनि गरे। अन्तत: भैंसेपाटी र चोभारको बीचमा रहेको भञ्ज्याङमा उनीहरुले कुकुरसँग रमाउने मिल्ने गरि क्याफे खोले।

दिउँसो र साँझको समयमा घुम्दै र काम सकाएर साथीहरुसँग ‘ह्याङआउट’ गर्ने डेस्टिनेसन बनिरहेको छ व्याग्स एन् टेल्स।शहरभन्दा अलि टाढा र ‘मास पब्लिसिटी’ नभए पनि हाल व्याग्स एन्ड टेल्समा आउने मानिसको संख्यामा सन्तुष्ट छन् शेरचन। नाम व्याग्स एन्ड टेल्स भए पनि धेरैले यसलाई ‘डग क्याफे’ भन्ने गरेका छन्।

रेष्टरेन्टमा ग्राहकहरुलाई लागि खाने पिउनेको लागि स्पेशल मेनु तयार गरिएको छ।आउने ग्राहकहरुका लागि पनि बस्ने छुट्टै स्थान छ।

हाल क्याफेमै हस्की, मिची र जुजु गरि ४ वटा कुकुर छन्। व्याग्स एन्ड टेल्समा आउने मानिसले घरबाटै कुकुर पनि ल्याउन सक्छन्। बाहिरबाट ल्याइने कुकुरका लागि ‘डग पार्क’ पनि बनाइएको छ। त्यहीँ उनीहरुले कुकुरहरुलाई पनि ‘फिड’ गर्न सक्छन्। बाहिरबाट ल्याइने कुकुरहरुको स्वास्थ्य परीक्षण अनिवार्य गरेको हुनुपर्छ।

कुकुरहरुका लागि पनि छुट्टै मेनु छ। कुकुरलाई धेरै चिल्लो, नुनिलो र मसला भएको खानेकुरा दिनु नहुने भन्दै त्यहाँ कुकुरका लागि ‘बोइल्ड फुड’ मेनुमा राखिएका छन्। यस्तै, यहाँ कुकुरका लागि वातावरणमैत्री केनल पनि बनाइएको छ।

‘कुकुर मनपर्ने तर घरमा पाल्न नसक्नेहरु धेरै छन्। घरमै पाले पनि बाहिर लग्न सक्नेहरु पनि छन्। उहाँहरुलाई नै टार्गेट गरेर खोलेका हौं,’ शेरचनले भने,’एकपटक आएकाहरु फेरि आइरहेका छन्।’

कुनै पनि व्यवसाय सुरु गरेपछि त्यसबाट नाफा पनि अवश्य हेरिन्छ। यसअघि नेपालमा कुकुर नै लक्षित गरेर कुनै रेष्टुरेन्ट वा क्याफे नखोलिएको अवस्थामा व्याग्स एन् टेल्सले आफ्नो व्यवसायिक यात्रालाई कसरी हेरिरहेको छ त?

५ महिनाबाट संचालनमा रहेको यो क्याफेबारे शेरचन भन्छन्,’ हामीले ट्रेन्ड सेट गरेका हौं। शहरभन्दा अलि टाढा र शान्त ठाउँमा भएकाले पनि मानिसहरुले मनपराइरहेका छन्। चित्त बुझेको छ। नयाँ र राम्रो प्रयास गर्न खोजेका हौं। आउने दिनमा पनि राम्रो नै हुन्छ भन्ने विश्वास छ।’