BIZMANDU
www.bizmandu.com

त्रिभुवन विश्‍वविद्यालयमा उपकुलपति खोजी, नाम सिफारिस गर्न तीन सदस्यीय समिति गठन

२०८० कात्तिक २४

त्रिभुवन विश्‍वविद्यालयमा उपकुलपति खोजी, नाम सिफारिस गर्न तीन सदस्यीय समिति गठन
त्रिभुवन विश्‍वविद्यालयमा उपकुलपति खोजी, नाम सिफारिस गर्न तीन सदस्यीय समिति गठन


काठमाडौं। त्रिभुवन विश्‍वविद्यालयमा उपकुलपतिको नाम सिफारिस गर्न तीन सदस्यीय समिति गठन भएको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री एवं विश्‍वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सिफारिस समिति गठन गरेका हुन्।

समितिमा मन्त्रालयका सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे सदस्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। उनीहरुमध्येबाट प्रधानमन्त्रीले एकजनालाई उपकुलपति नियुक्त गर्नेछन्। यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाको चार वर्षे कार्यकाल कात्तिक १८ गते सकिएको थियोे।