BIZMANDU
www.bizmandu.com

बालेनले भने- राती १ बजेसम्म देउसी भैलो खेल्न पाइन्छ, महानगर प्रहरीले पेट्रोलिङ गर्छ

२०८० कात्तिक २४

बालेनले भने- राती १ बजेसम्म देउसी भैलो खेल्न पाइन्छ, महानगर प्रहरीले पेट्रोलिङ गर्छ
बालेनले भने- राती १ बजेसम्म देउसी भैलो खेल्न पाइन्छ, महानगर प्रहरीले पेट्रोलिङ गर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकामा राति १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा प्रबन्ध मिलाएको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले बताएका छन्। सामाजिक संजालमार्फत उनले राती १ बजेसम्म देउसी भैलो खेल्न पाउने गरि सुरक्षा व्यवस्था मिलाएको बताएका हुन्।

Tata
GBIME
NLIC

सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै यसअघि राति ९-१० बजेसम्ममात्रै देउसी भैलो खेल्न दिइन्थ्यो। बालेनले भने महानगर प्रहरीले पेट्रोलिङ गर्ने भन्दै मर्यादित भएर देउसी भैलो खेल्न आग्रह गरेका छन्। उनले सोही अनुरुप प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन अनुरोध पनि गरेका छन्।

‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले “राती १” बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौं,’ बालेनेले लेखेका छन्।

बालेनले स्टाट्समार्फत सो जानकारी दिए पनि जिल्ला प्रशासन कार्यालयले भने यसबारेमा केही भनेको छैन।