काठमाडौं। नेपाल विद्युत प्राधिकरणले एकैपटक ४०० भन्दा बढी कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ।प्राधिकरणले आज सूचना जारी गर्दै विभिन्न पदका लागि खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्तिका लागि विज्ञापन खुलाएको हो।
लोकसेवा आयोगद्धारा लिइने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाद्धारा स्थायी पदपूर्ति गर्न लागिएकाले योग्यता पुग्ने नेपाली नागरिकलाई रितपूर्वक दरखास्त दिन सूचनामा भनिएको छ।अनलाइन मार्फत आवेदन दिनुपर्नेछ।
प्राधिकरणले १ तहको सहनिर्देशक(प्रशासन), प्रबन्धक (प्राविधिक) देखि ३ तहको जुनियर मिस्त्रीसम्मको विज्ञापन खुलाएको छ।
त्यसैगरि प्राधिकरणले जेष्ठता तथा कार्य सम्पादन मूल्यांकनका आधारमा १० तहदेखि जुनियर मिस्त्रीसम्मको बढुवा गर्ने भएको छ। न्युनतम शैक्षिक योग्यता पुगेका कर्मचारीहरुलाई ३० दिनभित्र रितपूर्वक आवेदन दिन आग्रह गरिएको छ। ९४७ जना कर्मचारीको बढुवा गरेर पदपूर्ति गर्न लागिएको हो।
त्यसैगरि, आन्तरिक परीक्षाबाट १०२ जना कर्मचारीको पदपूर्ति गर्न लागिएको छ। जसमा १० तहदेखि जुनियर मिस्त्रीसम्म रहेका छन्।
हेर्नुस प्राधिकरणको सूचना