BIZMANDU
www.bizmandu.com

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८० कात्तिक २४

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । शुक्रबार बिहान  देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहेको छ।

Tata
GBIME
Nepal Life

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

यस्तै, आज राती भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूर-पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु र बांकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।