BIZMANDU
www.bizmandu.com

इमर्जिङ नेपालले गर्‍यो पहिलो लाभांश घोषणा, नगदलाई प्राथमिकता, छैन बोनस

२०८० कात्तिक २२

इमर्जिङ नेपालले गर्‍यो पहिलो लाभांश घोषणा, नगदलाई प्राथमिकता, छैन बोनस
इमर्जिङ नेपालले गर्‍यो पहिलो लाभांश घोषणा, नगदलाई प्राथमिकता, छैन बोनस

काठमाडौं। इन्भेष्टमेन्ट कम्पनी इमर्जिङ नेपालले पहिलो लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीलाई ८.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

Tata
GBIME

प्रस्तावित लाभांश नगदमा दिने संचालक समितिको निर्णय छ। कर पनि त्यसैमा समावेश गरेर दिँदैछ।

हाल इमर्जिङ नेपालको चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ छ। प्रस्तावित लाभांशअनुसार ४ करोड ६७ लाख नगद दिनेछ।

लाभांश अर्थमन्त्रालय र साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।