BIZMANDU
www.bizmandu.com

नेप्सेमा रोकिएन गिरावट, होटलको सेयरमा भने आकर्षण, चन्द्रागिरी हिल्सको मूल्य ६% ले बढ्यो

२०८० कात्तिक १६

नेप्सेमा रोकिएन गिरावट, होटलको सेयरमा भने आकर्षण, चन्द्रागिरी हिल्सको मूल्य ६% ले बढ्यो
नेप्सेमा रोकिएन गिरावट, होटलको सेयरमा भने आकर्षण, चन्द्रागिरी हिल्सको मूल्य ६% ले बढ्यो

काठमाडौं। चन्द्रागिरी हिल्सको सेयर मूल्य बिहिबार ६ प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य प्रति कित्ता ६४ रुपैयाँ बढेर ११ सय २४ रुपैयाँ पुगेको छ। 

Tata
GBIME

होटल र पर्यटन समूह अन्तर्गतका कम्पनीमध्ये सबैभन्दा फराकिलो फड्को चन्द्रागिरीको सेयरले मारेको हो। सोल्टी होटलको सेयर मूल्य ४.७७ प्रतिशतले बढेको छ। त्यसैगरी तारागाँउ रिजेन्सीको मूल्य ४.१७, ओरियन्टलको ३.८१ र सिटी होटलको २.५१ प्रतिशतले बढेको छ।

यीमध्ये ओरियन्टल होटलले मात्रै गत आर्थिक वर्षको नाफाबाट लाभांश बाँडेको छ। अन्यले लाभांश घोषणा गरेका छैनन्। साथै पहिलो त्रैमासको वित्तीय विवरण पनि प्रकाशित हुने क्रममा छ।

नेप्से बिहिबार ११ अंकले घटेको छ। नेप्सेले यो साता ५७ अंक गुमाएको छ। नेप्से १८४८ विन्दुमा ओर्लिएको छ।। 

सूचक घटेपनि बिहिबार दसैंपछिकै सर्वाधिक कारोबार भएको छ। संस्थापक सेयर धेरै किनबेचका कारण ९६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो। आशा लघुवित्तको सवा १० करोडको संस्थापक सेयर किनबेच भएको छ। यस्तै प्राइम कमर्सियल बैंकको पनि झन्डै साढे ६ करोडको संस्थापक सेयर कारोबार भएको छ।