BIZMANDU
www.bizmandu.com

भक्तपुरको गुन्डुमा तिहारका लागि तयार भए मखमली, प्रतिमाला ५० रुपैयाँसम्म पर्ने

२०८० कात्तिक १५

भक्तपुरको गुन्डुमा तिहारका लागि तयार भए मखमली, प्रतिमाला ५० रुपैयाँसम्म पर्ने
भक्तपुरको गुन्डुमा तिहारका लागि तयार भए मखमली, प्रतिमाला ५० रुपैयाँसम्म पर्ने

काठमाडौं। तिहार आउन अब १० दिन बाँकी छ। भक्तपुरको सूर्यविनायकभन्दा दक्षिणमा रहेको गुन्डुमा भने यसपटक दसैंअघि नै तिहारको लागि चाहिने मखमली माला टिप्‍न सुरु भयो।

Tata
GBIME
Nepal Life

दसैंतिहार यो वर्ष ढिला भएकाले असोजदेखि नै कृषकले फूल टिप्‍न थाले। त्यसबेला टिपेको फूल उनीहरुले विदेश निर्यात गरे। अहिले भने काठमाडौंसहित सहरी जिल्लाका लागि मखमली फूल टिप्दैछन् गुन्डुका किसान।

तिहार नजिकिएकाले फूल टिप्‍न यहाँका किसानलाई भ्याइनभ्याइ छ। टिप्‍नेले माला बनाउनेसम्म फूल पुर्‍याउने र फूल जम्मा पारेर माला गाँस्ने गरिन्छ।

तिहार नजिकिएसँगै फूलको माग उच्च हुन्छ। अझ नओइलाउने मखमलीको फूलको महत्व धार्मिक रुपमा पनि उत्तिकै छ। अहिले गुन्डुका घरहरुमा तिहारको लागि मखमली फूल उनिरहेको दृश्य देन्छ सकिन्छ।

यसपटक चाडपर्व ढिला हुँदा भने गुन्डुमा त्यति धेरै फूल देखिँदैन। तर पनि तिहारका लागि फूलको जोहो भने किसानले गरेका छन्।

गत वर्ष प्रतिमाला २५ रुपैयाँमा बिक्री गरेका थिए यहाँका किसानले। यसपटक भने एउटा मालाकै ५० रुपैयाँसम्म पर्ने किसान बताउँछन्।

फूल फूलाएपछि यहाँका किसानलाई बजारको अभाव भने छैन। गाडी लिएरै फूल लिन गुन्डु पुग्छन् व्यापारीहरु। यसपटक पनि तिहारको बेला फूलको माग बढी भएको किसान बताउँछन्।