BIZMANDU
www.bizmandu.com

टेलर स्विफ्ट बनिन् बिलिनियर, संगीतकै कमाइबाट अर्बपति बन्ने पहिलो गायिका

२०८० कात्तिक १२

टेलर स्विफ्ट बनिन् बिलिनियर, संगीतकै कमाइबाट अर्बपति बन्ने पहिलो गायिका
Photo : Marca


गायिका टेलर स्विफ्टको नाम बिलिनियरमा सामेल भएको छ। ब्लुमबर्गका अनुसार इराज् टुरपछि उनी अर्बपति बनेकी हुन्।

Tata
GBIME
NLIC

यससँगै संगीतबाट पैसा कमाएर अर्बपति हुने स्विफ्ट पहिलो गायिकासमेत बनेकी छिन्। हाल उनको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर (१४६ अर्ब रुपैयाँभन्दा बढी) रहेको छ।

यो सफलता उनको ब्ल्कबस्टर टुरकै कारण सम्भव भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। अगस्टमा अमेरिकामा सकिएको कन्सर्ट अन्तर्राष्ट्रिय स्तरमा अर्को महिनाबाट फेरि सुरु हुनेछ।

ब्लुमबर्गका अनुसार अमेरिकामा उनको ५३ कन्सर्टका कारण अमेरिकाको कूल ग्राहस्थ उत्पादनमा ४.६ बिलियन अमेरिकी डलर थपिएको छ। कन्सर्टको टिकट बिक्रीबाट मात्रै ३७० मिलियन अमेरिकी डलर, युटयुब र स्पोटिफाइबाट १२० मिलियन डलर र म्युजिक सेल्सबाट ८० मिलियन डलर कमाएको जनाइएको छ। इराज् टुरबाट मात्रै ७०० मिलियन डलर कमाइ भएको छ।

स्विफ्टको चौथो एल्बम ‘१९८९ टीभी’ अहिले रिलिज हुने तयारीमा छ।