BIZMANDU
www.bizmandu.com

बुद्धको थप एक एटिआर काठमाडौं आइपुग्यो : अर्को महिनादेखि उडान, विमान संख्या १७ पुग्यो

२०८० कात्तिक ११

बुद्धको थप एक एटिआर काठमाडौं आइपुग्यो : अर्को महिनादेखि उडान, विमान संख्या १७ पुग्यो
बुद्धको थप एक एटिआर काठमाडौं आइपुग्यो : अर्को महिनादेखि उडान, विमान संख्या १७ पुग्यो


काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरको थप एउटा एटिआर विमान काठमाडौं आइपुगेको छ। यससँगै कम्पनीको जहाज संख्या १७ वटा पुगेको छ।

Tata
GBIME
NLIC

जहाज संख्या विस्तारले यात्रु सेवासँगै जहाज मर्मत सम्भार थप प्रभावकारी रहने कम्पनीले जनाएको छ।

‘उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरुले आफ्नो समय अनूकल उडान भर्न सक्नेछन्। थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोग हुनेछ,’ कम्पनीका बजार निर्देशक रुपेश जोशीले भने।

९एन-एओसि कलसाइन दिइएको यो एटिआर थपिएसँगै कम्पनीसँग एटिआर-७२ सिरिज संख्या १४ वटा पुगेको जनाइएको छ। बाँकी ३ वटा जहाज एरिआर-४२ सिरिजका रहेका छन्।

शुक्रबार भित्र्याइएको एटिआरमार्फत एक महिना भित्रै व्यवसायिक उडान गर्ने बुद्धको तयारी छ। हाल कम्पनीले आन्तरिकतर्फ दैनिक १५० भन्दा बढी उडान भर्दै आएको छ। यस्तै, अन्तर्राष्ट्रिय तर्फ काठमाडौं -बनारस उडान गर्दै आएको छ।