BIZMANDU
www.bizmandu.com

टाटा ग्रुपले भारतमा आईफोन उत्पादन गर्ने, विस्ट्रनसँग भयो १६ अर्ब ६५ करोडको डिल

२०८० कात्तिक ११

टाटा ग्रुपले भारतमा आईफोन उत्पादन गर्ने, विस्ट्रनसँग भयो १६ अर्ब ६५ करोडको डिल
टाटा ग्रुपले भारतमा आईफोन उत्पादन गर्ने, विस्ट्रनसँग भयो १६ अर्ब ६५ करोडको डिल


काठमाडौं । भारतीय बहुराष्ट्रिय कम्पनी टाटा ग्रुपले एप्पलका आइफोनहरु उत्पादन गर्ने भएको छ।

Tata
GBIME
NLIC

विस्ट्रन कर्पोरेसन भारतमा रहेको प्लान्ट बिक्री गर्न सहमत भएपछि टाटा ग्रुपले आइफोन उत्पादन गर्ने भएको हो। यससँगै टाटा ग्रुप आइफोन उत्पादन गर्ने पहिलो भारतीय कम्पनी हुनेछ।

भारतका सूचना प्रविधि मन्त्री राजीव चन्द्रशेखरले टाटाले अब आइफोन बनाउन सुरु गर्ने औपचारिक जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।

विस्ट्रन बोर्डले टाटा इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडलाई विस्ट्रन इन्फोकम म्यानुफ्याक्चुरिङ इन्डिया प्राइभेट लिमिटेड बिक्री गर्ने निर्णय गरेपछि यो सहमति भएको हो। यो डिल करिब १२५ मिलियन अमेरिकी डलर (१६ अर्ब ६५ करोड नेपाली रुपैयाँभन्दा बढी) मा भएको जनाइएको छ।

विस्ट्रनले भने यसबारेमा केही जानकारी नदिएको रोयटर्सले जनाएको छ।

एप्पलले भारतमा आफ्ना उत्पादन गर्ने गरी बजार निर्माणमा अहिले ध्यान केन्द्रित गरिरहेको छ। चीनमा रहेको निर्भरता हटाउन एप्पल भारतमा लगानी गर्न खोजिरहेको छ।

विस्ट्रनसँग मिलेर एप्पलले सन् २०१७ देखि भारतमा आइफोन एसम्बल गर्न सुरु गरेको थियो।