BIZMANDU
www.bizmandu.com

भिरबाट लडेर कलाकार प्रकाश घिमिरे गम्भीर घाइते, हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी

२०८० कात्तिक १०

भिरबाट लडेर कलाकार प्रकाश घिमिरे गम्भीर घाइते, हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी
भिरबाट लडेर कलाकार प्रकाश घिमिरे गम्भीर घाइते, हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी


काठमाडौं । कलाकार प्रकाश घिमिरे भिरबाट लडेर घाइते भएका छन्। शुक्रबार बिहान पोखरामा घाँस काट्ने क्रममा भिरबाट लडेका घिमिरेको अवस्था गम्भीर रहेको बताइएको छ।

Tata
GBIME
NLIC

उनको हाल पोखरास्थित मणीपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कलाकार खगेन्द्र लामिछानेले जानकारी दिए।

‘प्रकाश दाईको अवस्था गम्भीर हुँदा निकै दु:ख लागिरहेको छ। उहाँको अक्सिजन लेभर कम छ भन्ने सुने। त्यो सन्तुलनमा आएपछि उहाँलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी छ। हेलिकप्टर पनि रेडी अवस्थामा छ,’ उनले भने।

हाल प्रदर्शनरत ‘पशुपति प्रसाद २: भष्मे डन’ मा घिमिरे मीत बाको भूमिकामा छन्। भष्मे डनमा खगेन्द्रकै निर्माण र लेखन रहेको छ।