BIZMANDU
www.bizmandu.com

कात्तिक पहिलो साता करिब दुई लाखले लिए उडान सेवा, आन्तरिक र अन्तर्राष्ट्रियतर्फ कति यात्रु?

२०८० कात्तिक ८

कात्तिक पहिलो साता करिब दुई लाखले लिए उडान सेवा, आन्तरिक र अन्तर्राष्ट्रियतर्फ कति यात्रु?
Tribhuvan International Airport, plane, airlines photos by Prabin Ranabhat

काठमाडौं। कात्तिक पहिलो साता करिब दुई लाख यात्रुले हवाई यातायात सेवा लिएका छन्। दसैं र पर्यटकीय सिजन परेका कारण एक साताको अवधिमा १ लाख ८० हजार भन्दा यात्रुले उडान सेवा लिएका हुन्।

Tata
GBIME
Nepal Life

आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा फुलपातीको दिन आउजाउ गर्ने यात्रुको संख्या अत्यधिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। अधिकांशको बिदा फुलपातीबाट हुने भएका कारण दुवै तर्फको उडानमा सो दिन यात्रुको संख्या उल्लेख्य रहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

‘विभिन्‍न क्षेत्रमा काम गर्दै आउनुभएका सर्वसाधारणको बिदा नै फुलपाती देखि हुने भएका कारण सोही अनुसार टिकट खरिद गरिएको पाइएको छ। उडानमा सहभागी अधिकांश चाडवाड र घुमघाम प्रयोजनका लागि रहेको देखिन्छ,’ प्रवक्ता झाले भने।

उनका अनुसार फुलपातीको दिन आन्तरिक तर्फमात्र १६ हजार ३८ यात्रुले सेवा लिएका थिए। अन्तर्राष्ट्रिय तर्फ सो दिन १७ हजार ४७१ यात्रुले सेवा लिएका थिए। सो दिन कुल ३३ हजार ५०९ जना यात्रुले उडान सेवा लिएका थिए।

कात्तिक १-७ गतेसम्म आन्तरिक तर्फको उडान अवतरण र यात्रु संख्या

मितीउडान अवतरण संख्यायात्रु संख्या
कात्तिक १ गते२७११३६११
कात्तिक २ गते२६८१२८७३
कात्तिक ३ गते२८११६०३८
कात्तिक ४ गते२६८१२५७५
कात्तिक ५ गते२७५११४६५
कात्तिक ६ गते२६०१०२४२
कात्तिक ७ गते२४२११६४७
जम्मा१८६५८८४५१

आन्तरिकतर्फ बुद्ध, यती, श्री, सौर्य, समिट, नेपाल वायुसेवा निगम, तारा, सीता लगायत वायुसेवा प्रदायक कम्पनीले सेवा दिँदै आएका छन्। यो समय काठमाडौंबाट बाहिरीने संख्या तुलनात्मक रुपमा धेरै रहँदै आएको विमानस्थल  कार्यालयले जनाएको छ।

बुधबारबाट भने काठमाडौंबाट बाहिरिने भन्दा भित्रिने यात्रुको टिकट माग उल्लेख्य रहेको कार्यालयले जनाएको छ।   

कात्तिक १-६ गतेसम्म अन्तर्राष्ट्रिय तर्फको उडान अवतरण र यात्रु संख्या

मितीउडान अवतरण संख्यायात्रु संख्या
कात्तिक १ गते११३१६६३४
कात्तिक २ गते९७१४६९०
कात्तिक ३ गते१०५१७४७१
कात्तिक ४ गते११२१६६१२
कात्तिक ५ गते१०३१३६८०
कात्तिक ६ गते१०५१३२१७
जम्मा६३५९२३०४

अन्तर्राष्ट्रियतर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर इण्डिया, भिस्तारा, इण्डिगो, कतार एयरवेज, मलेसियन एयरलाइन्स, एयर अरेबिया, मालिन्दो, जजिरा, चाइना सदर्न, चाइना इस्टर्न, क्याथे प्यासिफिक, भुटान एयरवेज, ड्रुक एयर, एयर चाइना, सिंगापुर एयरलाइन्स, श्रीलंकन एयर, टर्कीस एयरलाइन्स, फ्लाइ दुबई लगायतले नियमित उडान गर्दै आएका छन्।

यो समय विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र वैदेशिक रोजगारबाट दसैंकै लागि स्वदेश फर्कने नेपालीको माग उल्लेख्य रहेको विमानस्थल कार्यालयले जनाएको छ।