काठमाडौं । आज विजया दशमी। बिहानैबाट मान्यजनको हातबाट टीका र जमारा लगाएर आशिर्वाद लिइँदैछ। नेपाली कलाकारहरुले पनि आज मान्यजनबाट टिका लगाएर दसैं मनाएका छन्।
टीका र जमरा लगाएपछिको तस्विरहरु उनीहरुले सामाजिक संजालमार्फत सेयर गरेका छन्।
कलाकार दीपाश्री निरौराले जन्मथलो विराटनगर पुगेर दसैं मनाएकी छिन्। उनले परिवारसँग दसैं सेलिब्रेट गरेको तस्विर सेयर गरेकी छिन्।
कलाकार मदनकृष्ण श्रेष्ठले पनि परिवारका साथ टीका लगाएर विजया दशमी मनाएका छन्।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पनि दसैंको टिका लगाइरहेको तस्विर सेयर गरेका छन्। उनले आफूभन्दा ठूलाबाट टिका ग्रहण गर्दै छोरा अनमोल केसीलाई टिका लगाइदिएका छन्।
अभिनेत्री ऋचा शर्माले पनि काठमाडौंस्थित घरमै परिवारसँग दसैं मनाएकी छिन्। श्रीमान र छोरासँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै उनले दसैंको शुभकामना दिएकी छिन्।
त्यस्तै, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले परिवारसँग दसैं मनाएको तस्विरहरु फेसबुकमा राखेका छन्।
कलाकार केदार घिमिरे (माग्ने बुढा) ले ९८ वर्षकी हजुरआमाको हातबाट टीका लगाएका छन्। हजुरआमासँग टिका लगाएको फोटो सेयर गर्दै उनले शुभकामना दिएका छन्।
गायिका समीक्षा अधिकारीले आफ्नो घर पोखरा पुगेर दसैं सेलिब्रेट गरेकी छिन्। उनले परिवारसँगको फोटो राख्दै दसैंको शुभकामना दिएकी छिन्।
कलाकार जितु नेपालले पनि ८८ वर्षको आमाको हातबाट टिका लगाउँलै दसैं मानेका छन्। स्वेता खड्काले पनि श्रीमान र छोरीहरुसँगको दसैं मनाएकी छिन्।
अभिनेत्रीद्वय दिपिका पसाई र नीता ढुंगानाले पनि टीका र जमरा लगाएर दसैं मनाएको तस्विरहरु फेसबुकमा सार्वजनिक गरेका छन्। त्यसैगरि,कलाकार सीताराम कट्टेल ‘धुर्मुस’, कलाकार निर्मला शर्मा, निर्माता तथा निर्देशक सन्तोष सेन लगायतले पनि दसैं मनाएको फोटोहरु सेयर गरेका छन्।