BIZMANDU
www.bizmandu.com

भारतमा विजयको ‘लियो’ ले आक्रामक कमाई गर्दा ‘गणपत’ को व्यापार औसत

२०८० कात्तिक ६

भारतमा विजयको ‘लियो’ ले आक्रामक कमाई गर्दा ‘गणपत’ को व्यापार औसत
भारतमा विजयको ‘लियो’ ले आक्रामक कमाई गर्दा ‘गणपत’ को व्यापार औसत

काठमाडौ । थलापति विजय स्टारर दक्षिण भारतीय फिल्म ‘लियो’ ले भारतमा आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले घरेलु बक्सअफिसमा चारदिनमा १८१ करोड बढी भारतीय रुपैयाँ कलेक्सन गरेको छ।

Tata
GBIME

गत बिहीबार रिलिज भएको ‘लियो’ ले पहिलो दिन ६४ करोड ८ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको थियो। शुक्रबार ३५ करोड २५ लाख कमाएको फिल्मको तेस्रो दिनको कमाई ३९ करोड ८ लाख भारतीय रुपैयाँ थियो। आइतबार भने फिल्मले ४१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ।

लोकेश कनागराज निर्देशित लियोले समीक्षात्मक हिसाबले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। विजयसहित सञ्जय दत्त, अनुराग कश्यप र तृषाको अभिनय रहेको यो फिल्म हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा रिलिज भएको थियो।

लियोले आक्रामक कमाई गर्दा टाइगर स्रफ र कृति सेनन अभिनित बलिउड फिल्म ‘गणपत’ को भने व्यापार औसत छ।

ओपनिङ डेमा २ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको यस फिल्मले तीन दिनमा जम्मा ७ करोड भारतीय रुपैयाँ कमाएको छ। गणपत डेढ सय करोड लगानीमा बनेको हो।