काठमाडौं। नेपाल आयाल निगमले दसैंको छैटौं दिन १ करोड ५ लाख लिटर इन्धन खपत भएको जनाएको छ। निगमले शुक्रबार मात्र विभिन्न डिपोहरु बाट १ करोड ५ लाख २१ हजार लिटर पेट्रोल र डिजल खपत भएको जनाएको हो।
निगमका अनुसार शुक्रबार पेट्रोल ४७ लाख ८० हजार लिटर र डिजल ५७ लाख ४१ हजार लिटर खपत भएको छ। यस्तै, बिहीबार पेट्रोल ३१ लाख ३१ हजार लिटर खपत भएको छ। साथै ५१ लाख ३५ हजार लिटर डिजल खपत भएको निगमले जनाएको छ।
यसैगरी अन्तराष्ट्रिय हवाई इन्धन ४ लाख ३७ हजार लिटर खपत भएको छ। आन्तरिकतर्फ १ लाख ९१ हजार लिटर हवाई इन्धन खपत भएको निगमले जनाएको छ।
निमगका अनुसार गत वर्षको दसैंमा फुलपातीदेखि पञ्चमीसम्म ७० करोड १२ लाख ८९ हजार ९९८ लिटर पेट्रोल र डिजल १ अर्ब ४३ करोड ३२ लाख ३७ हजार ५२८ लिटर खपत भएको थियो।