BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकका नवनिर्वाचित अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ, औपचारिक रुपमा कार्यकाल आरम्भ

२०८० कात्तिक १

सिटिजन्स बैंकका नवनिर्वाचित अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ, औपचारिक रुपमा कार्यकाल आरम्भ
सिटिजन्स बैंकका नवनिर्वाचित अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ, औपचारिक रुपमा कार्यकाल आरम्भ

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलको नवनिर्वाचित अध्यक्ष प्रवलजंग पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। पाण्डेले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन्।

Tata
GBIME
NLIC

शपथसँगै औपचारिक रुपमा पदभार र कार्यकाल सुरु भएको छ। बैंक सञ्चालक समिति सदस्य रहेका पाण्डेलाई शुक्रबार सम्पन्न १७औं वार्षिक साधारण सभाले अध्यक्षमा निर्वाचित गरेको थियो। बै‌कका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेललगायतको उपस्थितिमा पाण्डेले शपथ लिएका हुन्।

बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे प्रमुख लगानीकर्ता पनि हुन्। अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता यसअघि जनाएका थिए। बैंकको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै नयाँ प्रविधिमा आधारित बैंकिङलाई प्राथमिकतामा राख्‍ने र सेवा विस्तार प्राथिमकता रहेको उनले बताएका थिए।

पाण्डे कसमस सिमेन्टका निर्देशक पनि हुन्। इस्टन कसमसमा पनि उनी निर्देशक छन्।  

लोमस फर्मास्यूटिकल्समा सञ्चालक रहेका पाण्डे निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा समेत आवद्ध छन्। बैंक तथा वित्तीय क्षेत्रका साथै निजी क्षेत्रको सम्पूर्ण डाटा यहाँ राखिन्छ। 

इन्जिनियरिङमा स्नातक गरेका पाण्डे दुई दशकभन्दा बढी समयदेखि सिमेन्ट, औषधिजन्य उत्पादनलगायतका उद्योग र व्यापारमा सक्रिय छन्।

यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए।