BIZMANDU
www.bizmandu.com

घटेको ब्याजदर लागू भएसँगै सेयर बजार बढ्यो, दसैंअघि भुक्तानी नपाउने भएपछि बिक्रेता घटे

२०८० कात्तिक १

घटेको ब्याजदर लागू भएसँगै सेयर बजार बढ्यो, दसैंअघि भुक्तानी नपाउने भएपछि बिक्रेता घटे
घटेको ब्याजदर लागू भएसँगै सेयर बजार बढ्यो, दसैंअघि भुक्तानी नपाउने भएपछि बिक्रेता घटे

काठमाडौं। घटेको ब्याजदर लागू भएसँगै सेयर बजारले फराकिलो फड्को मारेको छ। सेयर बजार सूचक बुधबार ४३.२७ अंकले बढेको हो।

Tata
GBIME

यो गत असोज ४ गतेयताकै ठूलो वृद्धि हो। नेप्से सूचक पुन: १९०० विन्दुमाथि उक्लिएको छ। नेप्से १९०७.८९ को विन्दुमा छ।

चालु आर्थिक वर्षको सुरुवातबाट लगातार बढाएको ब्याजदर कात्तिक १ गतेबाट लागू हुनेगरी घटाइएको छ।

सरकारले स्थानीय तहको बिनाब्याजको ६० अर्ब रुपैयाँ उपलब्ध गराउँदासमेत बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए। निक्षेपको ब्याजदर असोजमा बढेर ११.०५ प्रतिशत पुगेको थियो।

तर, अपेक्षा गरे अनुसार कर्जाको माग नभएपछि बैंकहरुले कात्तिकमा ब्याजदर घटाएका छन्। निक्षेपको ब्याजदर घटाइएसँगै ऋणको ब्याज घट्ने अपेक्षासहित सेयर बजारले उकालो यात्रा तय गरेको हो।

बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेको दिन मंगलबार नेप्से १३ अंकले बढेको थियो।

सेयर बेचेको रकम दसैंअघि नपाउने भएकाले बिक्री चाप भने घटेको छ। बुधबार जम्मा ९३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। मंगलबार १ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको थियो।