BIZMANDU
www.bizmandu.com

घटेको ब्याजदरले सेयर बजारमा हरियाली, तर बढेन लगानी, कारोबार एक अर्बमा सीमित

२०८० असोज ३०

घटेको ब्याजदरले सेयर बजारमा हरियाली, तर बढेन लगानी, कारोबार एक अर्बमा सीमित
घटेको ब्याजदरले सेयर बजारमा हरियाली, तर बढेन लगानी, कारोबार एक अर्बमा सीमित


काठमाडौं। तीन महिनाको निरन्तर वृद्धि पछि घटेको ब्याजदरले सेयर बजारमा हरियाली कायम गरेको छ। राष्ट्र बैंकको पछिल्लो निर्देशन लगत्तै घट्न सुरु गरेको सेयर बजार मंगलबार १३.१८ अंकले बढेको हो।

Tata
GBIME
NLIC

नभए बजार निरन्तर फराकिलो अंकले घटेर बन्द हुने गरेको थियो। सोमबार मात्रै पनि बजार २३.१६ अंकले घटेर १८५१.४३ अंकमा आएको छ। जुन जेठ १७ पछिको सबैभन्दा तल्लो विन्दु हो।

तर मंगलबार बैंकहरुले कात्तिकको ब्याजदर सार्वजनिक गर्दै निक्षेपको ब्याजदर घटाएका पनि छन्। निक्षेपको ब्याजदरसँगै ऋणको ब्याज घट्ने अपेक्षासहित बजारले सकारात्मक बाटो तय गरेको हो।

सरकारले बिना ब्याजको ६० अर्ब रुपैयाँ स्थानीय तहको पैसा उपलब्ध गराउँदासमेत बैंकहरुले निक्षेपको ब्याज दर बढाएका थिए। असोजसम्म ब्याजदर बढेर ११.०५ प्रतिशत पुगेको थियो।

तर, कात्तिकमा अवस्था फेरिएको छ। बैंकको अधिकतम ब्याजदर ११ प्रतिशतमा झरेको छ। बजारमा सामान्य सुधार देखिएपनि कारोबार रकम एक अर्ब मात्रै छ। अघिल्लो दिन एक अर्ब १७ करोड रुपैयाँ भएको थियो।बजार बढेपनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा लगानीकर्ता छन्।