BIZMANDU
www.bizmandu.com

बैंक अफ चाइनाका पूर्व अध्यक्ष लिउ पक्राउ, आर्थिक अनियमितता गरेको आरोप

२०८० असोज २९

बैंक अफ चाइनाका पूर्व अध्यक्ष लिउ पक्राउ, आर्थिक अनियमितता गरेको आरोप
बैंक अफ चाइनाका पूर्व अध्यक्ष लिउ पक्राउ, आर्थिक अनियमितता गरेको आरोप

बैंक अफ चाइनाका पूर्व अध्यक्ष लिउ लियान्ज पक्राउ परेका छन्। घुस लिएको र गैरकानुनी रुपमा ऋण प्रवाह गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

Tata
GBIME
Nepal Life

सरकारी स्वामित्वमा रहेको बैंकमा उनी सन् २०१९ देखि २०२३ सम्म अध्यक्ष थिए। यही वर्षको मार्चमा उनले राजीनामा दिएका थिए। त्यसको केही सातापछि चिनियाँ अधिकारीहरुले उनीमाथि भ्रष्टाचार अभियोगमा छानबिन भइरहेको जनाएको थियो।

६२ वर्षीय लिउ चीनका सिनियर बैंकरमध्ये एक हुन्। राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत हालसम्म कयौं बैंकरहरु पक्राउ परिसकेका छन्। कयौं छानबिन अन्तर्गत छन् भने केहीलाई जरिवाना गरिएको छ।

लिउलाई केही साताअघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीबाट निलम्बन गरिएको थियो। उनको गैरकानुनी गतिविधिबाट देशको आर्थिक अवस्था खतरामा परेको चीनको सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्सपेक्सनले जनाएको छ।