BIZMANDU
www.bizmandu.com

पोहोर-परारजस्तो सजिलो छैन नोट सटही गर्न, वाणिज्य बैंकका सीमित शाखाहरुमा मात्र नयाँ नोट

२०८० असोज २९

पोहोर-परारजस्तो सजिलो छैन नोट सटही गर्न, वाणिज्य बैंकका सीमित शाखाहरुमा मात्र नयाँ नोट
पोहोर-परारजस्तो सजिलो छैन नोट सटही गर्न, वाणिज्य बैंकका सीमित शाखाहरुमा मात्र नयाँ नोट


काठमाडौं। दसैं तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट सटही सुरु गरेको छ। वाणिज्य बैंकहरुबाट पनि नोट सटही सुरु भएको छ।

Tata
GBIME
NLIC

तर, पोहोर-परारजस्तो सर्वसुलभ हिसाबले यसपाली नोट पाइने छैन।

पहिले विकास बैंक र फाइनान्स कम्पनीबाट पनि सटही हुन्थे। त्यसबाहेक बैंकका हरेक शाखाहरुबाट वितरण हुन्थ्यो।

यसपाली राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ। केही बैंकहरुले नोट सटही गर्ने शाखाहरुको सूची निकालेका छन्।

राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ।

पाँचको एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराउने छ। एउटा प्याकेटमा सय वटा नोट हुन्छन्। यसको कुल मूल्य १८ हजार ५०० रुपैयाँ हुन्छ।