BIZMANDU
www.bizmandu.com

बौद्धमा लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, अमर भन्ने युवक गोली लागि घाइते

२०८० असोज २५

बौद्धमा लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, अमर भन्ने युवक गोली लागि घाइते
बौद्धमा लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, अमर भन्ने युवक गोली लागि घाइते

काठमाडौं। प्रहरीले बौद्ध क्षेत्रबाट एक जनालाई लुटेराको आरोपमा नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

Tata
GBIME
Nepal Life

प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो। सिन्धुली कमलामाई नगरपालिका २ घर भएका अमर घलान भन्ने व्यक्तिलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी सोमेन्द्र सिंह राठौंरले बताए।

‘लुटेरा समूह भन्ने जानकारी पाएपछि अपरेसनमा हाम्रो टोलीमाथि हतियार लिएर आक्रमण गर्न खोजेपछि फायर खोलेका हौं,’ एसएसपी राठौंरले भने।

अमरको खुट्टामा गोली लागेको छ। उनको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। त्यस्तै प्रहरीले सर्लाही घर भएका शन्त लामा र सिन्धुपाल्चोक घर भएका जितेन लामालाई २ वटा मोटरसाइकलसहित प्रहरीद्वारा नियन्त्रणमा लिइएको छ।

लुटेरा समूहका अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।