BIZMANDU
www.bizmandu.com

नवलपरासीको एक रेष्टुरेन्टमा प्रहरीको छापा, नक्कली नोटसहित पक्राउ परे दुई युवक

२०८० असोज २५

नवलपरासीको एक रेष्टुरेन्टमा प्रहरीको छापा, नक्कली नोटसहित पक्राउ परे दुई युवक
नवलपरासीको एक रेष्टुरेन्टमा प्रहरीको छापा, नक्कली नोटसहित पक्राउ परे दुई युवक

काठमाडौं। नवलपरासीबाट प्रहरीले नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामानसहित २ जनालाई पक्राउ गरेको छ।

Tata
GBIME

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका-६ ठिमुरे बस्‍ने ३० वर्षीय कृष्णबहादुर बिक र तनहुँको ऋषिङ गाउँपालिका-३ दानश्री बस्‍ने २५ वर्षीय सुरज बिक रहेको प्रहरीले जानकारी दिएको छ। बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित उनीहरु पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्‍न सामानसहित पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।