BIZMANDU
www.bizmandu.com

५० रुपैयाँमा आईपीओ बेचेको हाथवे पहिलो दिनमै ३०० नाघ्यो, सेयर बजार ५ अंकले बढ्यो

२०८० असोज २४

५० रुपैयाँमा आईपीओ बेचेको हाथवे पहिलो दिनमै ३०० नाघ्यो, सेयर बजार ५ अंकले बढ्यो
५० रुपैयाँमा आईपीओ बेचेको हाथवे पहिलो दिनमै ३०० नाघ्यो, सेयर बजार ५ अंकले बढ्यो

काठमाडौं। बुधबारदेखि कारोबारमा आएको हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्यले पहिलो दिनमै तीन सय रुपैयाँ पार गरेको छ। कम्पनी बुधबारदेखि कारोबारमा आएको हो।

Tata
GBIME
Nepal Life

५० रुपैयाँमा आईपीओ निष्कासन गरेको हाथवे पहिलो कारोबारमै ३०० रुपैयाँ नाघेको हो। ३१३.७ रुपैयाँको दरले कम्पनीको सेयर किनबेच हुँदैछ। जबकी कम्पनीले प्रति सेयर नेटवर्थभन्दा कममा सेयर निष्कासन गरेको थियो।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार २०७९/८० को चैतसम्म प्रति सेयर नेटवर्थ ८०.६३ रुपैयाँ थियो। बुधबार सेयर बजार पनि उकालो लागेको छ।

होटल तथा पर्यटन क्षेत्रको नेतृत्वले बुधबार सेयर बजार सामान्य अंक भएपनि बढेको हो। राष्ट्र बैंकको सर्कुलर जारी भएपछि बल्ल आज नेप्से बढेको हो।

राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि घट्दो क्रममा रहेको सेयर बजारले मंगलबार घटेको थियो। पछिल्लो तीनवटा कारोबारमै नेप्से सूचकले साढे ७८ अंक गुमायो। गत साता १९५६ मा बन्द भएको सूचक मंगलबार १८८९ मा ओर्लिएको हो।

तर बुधबार लय बदलिएको छ। नेप्से ५.१६ अंक बढ्यो।  सूचक १८९४ को विन्दुमा उक्लिएको हो।