BIZMANDU
www.bizmandu.com

विद्यार्थी आन्दोलनको कथा ‘कालो अक्षर रातो अक्षर’ नाटकबाट मञ्चन हुँदै

२०८० असोज २३

विद्यार्थी आन्दोलनको कथा ‘कालो अक्षर रातो अक्षर’ नाटकबाट मञ्चन हुँदै
विद्यार्थी आन्दोलनको कथा ‘कालो अक्षर रातो अक्षर’ नाटकबाट मञ्चन हुँदै

काठमाडौं । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘कालो अक्षर रातो अक्षर’ मञ्चन भइरहेको छ। आर. के. रोमसको लेखन रहेको यस नाटकले नेपालको शैक्षिक प्रणालीमाथि व्यङ्ग्य गर्छ।

Tata
GBIME

नेपालको शैक्षिक प्रणालीदेखि विद्यार्थी आन्दोलनका कथा नाटकमा समेटिएका छन्। शिक्षा प्रणालीले सामाजिक संरचनामा पारेको प्रभाव र विद्यार्थी आन्दोलनमा शिक्षा माफिया र राजनीतिक हस्तक्षेपलाई नाटकमा प्रस्तुत गरिएको छ।

नाटकमा शिक्षा प्रणालीकै कारण युवाहरुले विदेशिनु परिरहेको तितो यथार्थ पनि समेटिएको छ। साथै मधेसमा रहेको दाइजो प्रथाको कुराहरु पनि नाटकमा समावेश छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रस्तुतिमा बनेको नाटकलाई दिलिप खड्काको निर्देशन गरेका हुन्। नाटकको परिकल्पना भने समिक बडालले गरेका हुन्। यस नाटकमा रेनु नाथ योगी, मीलन कार्की, अनुप न्यौपाने, अरुण लामा, दिपेश काफ्ले, बालकृष्ण रिजाल, योगिन राई, रमिलना मोक्तान, संगीता थापा, सुदिप खतिवडा, शान्ता राई, सुजैन सिलवाल अभिनय रहेको छ।

विद्यार्थी आन्दोलनलाई रचनात्मक ढङ्गले अघि बढाउने उद्देश्यले यो नाटक तयार पारिएको लेखक आर. के. रोमसले बताए।

‘विद्यार्थी आन्दोलनप्रति निकै प्रश्नहरु छन्। विद्यार्थी आन्दोलन भनेको ढुङ्गामुडा हान्ने भनेर मानक बनेको छ। यो नाटक त्यही आन्दोलनलाई रचनात्मक ढङ्गले अगाडि बढाउन गरिएको छ। जसले नयाँ पुस्तालाई आकर्षित गर्न सहयोग गर्नेछ,’ उनले भने।

यो नाटक असोज २७ गतेसम्म मञ्चन हुनेछ।