BIZMANDU
www.bizmandu.com

‘भष्मे डनको स्वस्तिमा खड्कासँग प्रेम, सौगात मल्लसँग टकराव’

२०८० असोज २२

‘भष्मे डनको स्वस्तिमा खड्कासँग प्रेम, सौगात मल्लसँग टकराव’
‘भष्मे डनको स्वस्तिमा खड्कासँग प्रेम, सौगात मल्लसँग टकराव’

काठमाडौं । ‘पशुपति प्रसाद: भष्मे डन’ को ट्रेलर सार्वजनिक भएको छ। ललितपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलर अनुसार फिल्म विपिन कार्की वरिपरि घुमेको छ।

Tata
GBIME

ट्रेलरको सुरुवाततिर ‘सात वर्षपछि सुनले सुख ल्याउला कि दु:ख?’ प्रश्न गरिएको छ। जसले यसको प्रिक्वेल पशुपति प्रसादसँग कनेक्सन गराउँछ। किनकि सुनकै कारण पशुपतिको मृत्यु भएको थियो।

सिक्वेलको ट्रेलरमा पशुपति क्षेत्रमा भष्मे डनले आफ्नो अस्तित्व स्थापित गर्न गरेको संघर्ष देख्‍न सकिन्छ। सिक्वेलमा भित्रिएका नयाँ पात्र स्वस्तिमा खड्कासँग पलाएको उनको प्रेम र सौगात मल्लसँगको टकराव र द्वन्द्वले दर्शकमा उत्सुकता थपेको छ।

दीपेन्द्र के खनाल निर्देशित फिल्ममा विपिन, सौगात र स्वस्तिमाका साथै रवीन्द्र सिंह बानियाँ, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, माओत्से गुरुङको अभिनय छ।

यो फिल्म ‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’ माथि निर्माण भएको हो। खगेन्द्र लामिछानेको निर्माण र लेखन रहेको फिल्म कात्तिक ४ गतेबाट प्रदर्शन हुनेछ।